रोशन तामाङको अफिसियल युट्युब च्यानलमार्फत‘अजम्बरी माया’ सार्वजनिक,पूजाको डेब्यु
काठमाडौं।रोमान्टिक भावनालाई समेटिएको नयाँ गीत ‘अजम्बरी माया’ रोशन तामाङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । युवा पुस्ताको प्रेम–रोमान्सलाई आधार बनाई प्रस्तुत गरिएको यस गीतमा स्वर कार्साङ लामा र रोजिना बस्नेतको रहेको छ ।


गीतका शब्द, संगीत, एरेञ्ज तथा मिक्स–मास्टरीङ कार्साङ लामाकै छन् भने रेकर्डिङ कार्य परिजात नेपाल स्टुडियोमा सम्पन्न भएको हो ।
गीतको भिडियोमा रोशन तामाङ र पूजा लामालाई देख्न सकिन्छ । सिनेमाटोग्राफी र ड्रोन दिपक गिरी, मेकअप कबिन खड्का, एडिटिङ सुशील डाँगीले गरेका हुन् भने पोस्ट–प्रोडक्सन भेनस फिल्म्स प्रा.लि. र निर्देशन निशान एसकेको रहेको छ ।


संगीत तथा तामाङ चलचित्र क्षेत्रमा परिचित नाम रोशन तामाङ यस भिडियोमार्फत फेरि चर्चामा आएका छन् भने पूजा लामाले यसै गीतमार्फत आफ्नो पहिलो डेब्यु म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
टीमले दर्शक–श्रोताहरूसँग गीत हेरेर प्रतिक्रिया दिन अनुरोध गर्दै आफ्नो शुभेच्छा व्यक्त गरेका छन् ।












