‘चिट्ठी’ ट्रेलर सार्वजनिक : कमेडी, हरर र सस्पेन्सको संगम
काठमाडौं।एरा प्रोडक्सनको ब्यानरमा सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को ट्रेलर शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यस चलचित्रलाई निर्देशक माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन्। ट्रेलर सार्वजनिकसँगै चलचित्रले दर्शकमाझ रोचक चर्चा बटुल्न थालेको छ।
चलचित्रमा ‘अर्गानिक कमेडियन’ भनेर चिनिएका खड्गबहादुर पुनसँगै संजीत भण्डारी, गोपाल ढकाल, नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
निर्माण पक्षका अनुसार, ‘चिट्ठी’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक सन्देशसहित प्रस्तुत गरिएको छ। चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।












