इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परीक्षा र कोटा निर्धारण – Sagarmathapana:: Online News Portal

इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परीक्षा र कोटा निर्धारण

   २०८२ भाद्र ६ गते  

काठमाडौं-इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि कामदार पठाउने नयाँ परीक्षा तथा कोटा निर्धारण गर्दै सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार यस वर्ष कृषि र उद्योग क्षेत्रमा कुल ५ हजार ३०० जना नेपाली कामदार कोटा तोकिएको छ ।

शाखाका अनुसार तोकिएको कोटा भित्रका इच्छुक नेपाली कामदारले निर्धारित मापदण्ड पूरा गरी परीक्षा दिनुपर्नेछ । परीक्षा प्रक्रियामा भाषा दक्षता, सीप परीक्षण तथा स्वास्थ्य परीक्षण अनिवार्य हुने जनाएको छ ।

कोरियामा काम गर्न इच्छुक उम्मेदवारका लागि यो नयाँ कोटा निर्धारण महत्वपूर्ण अवसर हुने बताइएको छ । साथै, शाखाले इच्छुकहरुलाई समयमा दर्ता र तयारी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै