प्रचण्डको पहल : मानसिक स्वास्थ्य उपचाररत खुम बहादुरलाई २ लाख सहयोग – Sagarmathapana:: Online News Portal

प्रचण्डको पहल : मानसिक स्वास्थ्य उपचाररत खुम बहादुरलाई २ लाख सहयोग

   २०८२ भाद्र ५ गते  

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त खुम बहादुर बिकलाई आर्थिक सहयोग गरेका छन् ।

माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा प्रचण्ड बिहीबार एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्र पुगेका थिए । सोही अवसरमा उनले खुम बहादुरलाई अक्षेरूपी २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

जनमुक्ति सेनामा सक्रिय भूमिका निभाएका खुम बहादुरले करिब चार वर्ष लामो उपचारपछि स्वास्थ्य सुधार हुँदै घर फर्किन लागेका हुन् ।

सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने परिपाटी तोड्नुपर्ने भन्दै समाजले मानसिक रोगीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्नेमा जोड दिए । साथै, मानसिक रोग उपचारमा संलग्न निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिंदै उनले आगामी दिनमा संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै