एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु
काठमाडौँ,। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा श्रीलंकाको डम्बुला स्टेडियममा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।
समूह ‘ए’को नेपाल पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको ढोका खोल्न चाहन्छ। तर पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान पहिलो जितको खोजीमा छ। समूह ‘ए’मा नेपाल र भारतले दुई दुई अंक जोडेका छन् भने यूएई र पाकिस्तान अंकबिहीन छन्।
दुई समूहका ८ टिमको प्रतिस्पर्धा हुने यो प्रतियोगितामा शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्। समूह ‘बी’मा श्रीलंका, बंगलादेश, थाइल्याण्ड र मलेसिया छन्। समूह ‘बी’का दुई खेल सकिँदा थाइल्याण्ड र श्रीलंकाले दुईदुई अंक जोडेका छन्। बंगलादेश र मलेसिया भने अंकबिहीन छन्।












