उपसभामुखमाथि कांग्रेस–एमालेको महाभियोग प्रयास बेमौसमी : वर्षमान पुन – Sagarmathapana:: Online News Portal

उपसभामुखमाथि कांग्रेस–एमालेको महाभियोग प्रयास बेमौसमी : वर्षमान पुन

   २०८२ भाद्र ४ गते  

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपसभामुख इन्दिरा रानामाथि कांग्रेस र एमालेले अघि सारेको महाभियोग प्रस्तावलाई बेमौसमी प्रयास बताएका छन् ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै पुनले सत्तारुढ दल कांग्रेस र एमालेले अनावश्यक रुपमा उपसभामुखलाई लक्षित गर्दै हस्ताक्षर अभियान सुरु गर्नु असमयिक भएको बताए । उनका अनुसार विपक्षी दलहरूलाई तर्साउने उद्देश्यले सरकारले निरन्तर दबाबमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

‘सत्तारुढ दलहरूले विशेषगरी एमाले–कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणका लागि हस्ताक्षर सुरु गरे, त्यो असमयिक भयो,’ पुनले भने, ‘विपक्षी दललाई तर्साउने कार्यको अर्को उत्कर्ष हामीले देख्यौं।’

उनले सरकारलाई निरंकुश बाटोमा नहिँड्न चेतावनी दिँदै लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने प्रयासहरू अन्ततः देश र प्रणाली दुवैका लागि हानिकारक हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै