(सिजप) बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको नवौं वार्षिक साधारणसभा सम्पन्न – Sagarmathapana:: Online News Portal

(सिजप) बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको नवौं वार्षिक साधारणसभा सम्पन्न

   २०८२ भाद्र ४ गते  

काठमाडौं।बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को नवौं वार्षिक साधारणसभा आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाबाट नयाँ १५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ।

नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा तिलोत्तम पौडेल चयन हुनुभएको छ। उपाध्यक्षमा हेमराज जोसी र कुमारी ममता झा निर्वाचित हुनुभएको छ।

त्यसैगरी, महासचिवमा राजु घिमिरे र कोषाध्यक्षमा सम्झाना कुमारी मल्ल चयन हुनुभएको छ।

प्रदेशगत सदस्यमा क्रमशः

कोशी : गीता अधिकारी

मधेश : संजय कुमार कुशवाहा

बागमती : शिव प्रसाद खकुरेल

गण्डकी : केशब प्रसाद पौडेल

लुम्बिनी : शिवलाल पाण्डे

कर्णाली : केशव आचार्य

सुदूरपश्चिम : गीता कुमारी रावल चयन हुनुभएको छ।

खुला तर्फबाट पिंकी सिङ राणा, शान्ता कुमारी दाहाल र कुन्जनी परियार प्यासी निर्वाचित हुनुभएको छ।

नयाँ कार्यसमितिलाई विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सहभागीहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै