२०८४ को निर्वाचनमा नयाँ विचारसहित जाने विप्लवको घोषणा – Sagarmathapana:: Online News Portal

२०८४ को निर्वाचनमा नयाँ विचारसहित जाने विप्लवको घोषणा

   २०८२ भाद्र ३ गते  

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी आगामी २०८४ सालको आम निर्वाचनमा जनतामुखी एजेन्डा र नयाँ विचारसहित होमिने घोषणा गरेका छन् ।

विप्लवले अहिलेका ठूला दलहरु सत्ता र स्वार्थमा डुबेका कारण समाजवादको मूल विचार नै कमजोर बनेको आरोप लगाए । उनका अनुसार नेताहरुको भ्रष्टाचार र असफलताले युवापुस्तामा गहिरो निराशा पैदा भएको छ ।

उनले माओवादी धारभित्रको विचार एकताबद्ध हुनुपर्नेमा जोड दिँदै त्यसको नेतृत्व अब नवीन दृष्टिकोण बोकेर अघि बढ्ने शक्तिले लिनुपर्ने धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै