परराष्ट्रमन्त्री राणासँग भारतीय विदेशसचिव मिश्रीको भेट – Sagarmathapana:: Online News Portal

परराष्ट्रमन्त्री राणासँग भारतीय विदेशसचिव मिश्रीको भेट

   २०८२ भाद्र २ गते  

काठमाडौं।नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

दुई दिने नेपाल यात्रा अन्तर्गत आइतबार काठमाडौं आइपुगेका विदेशसचिव मिश्रीले भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको मन्त्री राणाले बताइन् ।

उनका अनुसार नेपाल–भारतबीचको कनेक्टिभिटी, व्यापार र विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत कुराकानी भएको छ । मन्त्री राणाले भारतले अघि सारेको छिमेक पहिलो नीतिको प्रशंसा गर्दै त्यसले नेपाल–भारत सम्बन्धलाई अझ सबल बनाउन योगदान दिने विश्वास व्यक्त गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै