रवि लामिछाने नक्खु कारागार सरुवा गर्ने निर्णय – Sagarmathapana:: Online News Portal

रवि लामिछाने नक्खु कारागार सरुवा गर्ने निर्णय

   २०८२ श्रावण ३१ गते  

काठमाडौं।रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार पदभार सम्हालेकै दिन लामिछानेलाई सरुवा गर्ने निर्णय गरेका हुन्। गृह मन्त्रालयका अनुसार लामो समयदेखि रोकिएको सरुवाको प्रक्रिया अब लागू हुने भएको हो।

लामिछानेले यसअघि नै अदालत र जिल्ला प्रशासन कार्यालयमार्फत सरुवाका लागि अनुमति पाइसकेका थिए। तर, तत्कालीन गृहमन्त्री रमेश लेखकको निर्देशनमा निर्णय रोकिनु विवादास्पद बनेको थियो।

गृह प्रशासनका अधिकारीहरूका अनुसार लामिछानेको कारागार बसाइ अझै लम्बिने भएकाले उनलाई राजधानी नजिकै ल्याइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै