पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तो – Sagarmathapana:: Online News Portal

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तो

   २०८२ श्रावण ३१ गते  

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गर्दै (२०८२ साउन ३१ गते) बिहान १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको छ।

नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर रु. २ ले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १ ले घटाइएको छ। निगमले साविकको मूल्यमा भएको यो परिवर्तन आगामी १५ दिनका लागि लागू हुने जनाएको छ।

उपभोक्तालाई नयाँ दरअनुसार पेट्रोलियम पदार्थ खरिद गर्दा बिल जाँच गरी भुक्तानी गर्न निगमले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै