वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरियताको जिम्मेवारी – Sagarmathapana:: Online News Portal

वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरियताको जिम्मेवारी

   २०८२ श्रावण ३१ गते  

काठमाडौं-राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको नेताको जिम्मेवारी दिइएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।

पार्टी संरचनाअनुसार अध्यक्ष माधवकुमार नेपाल पहिलो वरियतामा, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरियतामा रहने व्यवस्था गरिएको छ भने गौतमलाई तेस्रो वरियतामा राखिएको हो।

बैठकपछि उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले निर्णयहरूको जानकारी दिँदै, अध्यक्ष नेपालविरुद्ध दिएको अभिव्यक्तिका कारण नेतृ रामकुमारी झाँक्रिले आत्मालोचनाको प्रस्ताव पेश गरेको बताए।

सचिवालय बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी पनि दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै