इटहरीमा नक्कली ‘व्याकुल माईला’ पुनः पक्राउ – Sagarmathapana:: Online News Portal

इटहरीमा नक्कली ‘व्याकुल माईला’ पुनः पक्राउ

   २०८२ श्रावण ३० गते  

इटहरी-राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ का रचनाकार व्याकुल माईला भएको भनी आफूलाई परिचय दिँदै ठगी गर्ने मिलन राई फेरि पक्राउ परेका छन्।

उदयपुरको बेल्टार निवासी राईलाई बिहीबार इटहरी उपमहानगरपालिका कार्यालयबाट नियन्त्रणमा लिइएको हो। उनी व्याकुल माईलाका नाममा प्रकाशित पुस्तकको भुक्तानी लिन आएका बेला प्रहरीको फन्दामा परेका हुन्।

प्रहरीका अनुसार, राई यसअघि पनि सोही पहिचानमा ठगी गरेको आरोपमा पक्राउ परेर सर्तमा रिहा भएका थिए। हाल उनलाई थप अनुसन्धानका लागि इनरुवा पठाउने तयारी भइरहेको इटहरी प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै