कश्मीरको दुर्गम गाउँमा बाढी:३२ को मृत्यु,५० भन्दा बढी बेपत्ता – Sagarmathapana:: Online News Portal

कश्मीरको दुर्गम गाउँमा बाढी:३२ को मृत्यु,५० भन्दा बढी बेपत्ता

   २०८२ श्रावण ३० गते  

काठमाडौं।भारत प्रशासित जम्मु–कश्मीरको दुर्गम पहाडी गाउँ छोसिटीमा भारी वर्षापछि आएको बाढीले कम्तीमा ३२ जनाको ज्यान गएको छ । भारतीय विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी मोहम्मद इर्शादका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १ सयभन्दा बढीलाई सुरक्षित उद्दार गरिएको छ भने करिब ५० भन्दा बढी अझै बेपत्ता छन्।

भारतीय विज्ञान तथा प्रविधि उपमन्त्री जितेन्द्र सिंहले यो विपत्तिबाट ठूलो मानवीय क्षतिको आशंका व्यक्त गरेका छन्। किश्तवार जिल्लामा पर्ने छोसिटी गाउँ धार्मिक तिर्थ यात्राका लागि परिचित स्थल हो, जहाँ बाढीका कारण धेरै तीर्थयात्री समेत बेपत्ता भएको अनुमान गरिएको छ।

यसअघि, उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली बजार क्षेत्रमा आएको बाढीले बजार क्षेत्र ध्वस्त पार्नुका साथै कैयौं मानिसलाई बेपत्ता बनाएको थियो। हिमाली क्षेत्रमा निरन्तर वर्षा र बाढीका घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै