हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान’ नारासहित कुल गुरुङको नेतृत्वमा एनएमए निर्वाचनका उम्मेदवार घोषणा – Sagarmathapana:: Online News Portal

हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान’ नारासहित कुल गुरुङको नेतृत्वमा एनएमए निर्वाचनका उम्मेदवार घोषणा

   २०८२ श्रावण ३० गते  

काठमाडौं-आगामी भदौ ७ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी कुल बहादुर गुरुङको नेतृत्वमा बनेको प्यानलले आफ्नो उम्मेदवार सूची सार्वजनिक गरेको छ। गुरुङ नेतृत्वको टोलीले ‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ भन्ने नारासहित बिहीबार उम्मेदवार परिचय कार्यक्रम सम्पन्न गरेको हो।


समावेशी प्रतिनिधित्व भएको उक्त प्यानलमा अध्यक्षका लागि कुल बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्षका लागि टिकाराम गुरुङ, प्रथम उपाध्यक्षका लागि मिङमा म्याबु शेर्पा, द्वितीय उपाध्यक्षका लागि धन बहादुर गुरुङ, महासचिवका लागि बिमल कुमार नहकी, सचिवका लागि डीमा डिकी शेर्पा, कोषाध्यक्षका लागि सुमी लामा रहेका छन्। त्यस्तै सदस्यतर्फ पुष्कर शाह, बल बहादुर सुयाल, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लाल बहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङ उम्मेदवार बनेका छन्।

कार्यक्रममा अध्यक्ष प्रत्यासी गुरुङले पर्वतारोहण मात्र नभई समग्र पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति र योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले हिमालको संरक्षणलाई प्राथमिकतामा राख्ने बताएका छन्। प्यानलका अन्य उम्मेदवारहरूले पनि आफ्ना अनुभव र दक्षता प्रयोग गर्दै संघको सशक्त नेतृत्व गर्ने आश्वासन दिए।

पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले गुरुङ नेतृत्वको प्यानललाई समर्थन जनाउँदै आगामी निर्वाचनमा सफलताको शुभकामना दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै