रास्वपाबाट प्रेस चौतारीमै फर्किए दमकका सञ्चारउद्यमी पौडेल
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सञ्चार उद्यमी केदारबाबु पौडेल प्रेस चौतारीमा फर्किएका छन् । उनी रास्वपामा प्रवेश गरेर दमक –८ को अध्यक्ष भई जिम्मेवारी सम्हालिसकेका छन् । रास्वपा परित्याग गरेर पौडेल चौतारीमा फर्किएका हुन् ।
केहि वर्षदेखि रास्वपामा जिम्मेवारी समेत लिएर काम गरिरहेका मिडिया उद्यमी सवाल नेपाल अनलाईनका सञ्चालक पौडेलले प्रेस चौतारी छोडेर जानु गल्ती भएको भन्दै आफ्नै घर फर्किएको बताए ।
पार्टीको वडा अध्यक्ष समेतको जिम्मेवारी पुरा गरिसकेका पौडेलले अब प्रेस चौतारीमा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल रहने बताएका छन् ।
प्रेस चौतारी झापाले दमकमा बुधबार आयोजना गरेका एक अभिमुखिकरण कार्यक्रममा केन्द्रीय सचिव बिक्रम लुइटेल, कोशीका सहइञ्चार्ज गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदीप परियारले सञ्चार उद्यमी पौडेललाई स्वागत गरेका हुन् ।












