राप्रपा युवा संगठन अधिवेशन अव्यवस्थित, विवादासँगै स्थगित
काठमाडौँ-काठमाडौँको धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बुधबार सम्पन्न हुन लागेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन कार्यक्रम सुरु हुनु अघि नै अव्यवस्थित भएको छ।
कार्यक्रममा सहभागी कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल अधिवेशन स्थगित गर्ने घोषणा गरेका छन्।
यद्यपि, वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले अधिवेशन पहिले नै सम्पन्न भएको दाबी गर्दै आफूहरू विजयी भएको बताएका छन्। उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै अधिवेशन एकपक्षीय, विधानविपरीत र अलोकतान्त्रिक रूपमा सञ्चालन गर्न खोजिएको आरोप लगाएका छन्।
यो घटनाले पार्टीभित्रको असहमति र युवा संगठनमा बढ्दो विवादलाई उजागर गरेको छ।













