नेपालको कारागार व्यवस्थापनमा अनौठो प्रावधान:नाईके,भाईनाईके र चौकीदार:सांसद नेम्वाङ – Sagarmathapana:: Online News Portal

नेपालको कारागार व्यवस्थापनमा अनौठो प्रावधान:नाईके,भाईनाईके र चौकीदार:सांसद नेम्वाङ

   २०८२ श्रावण २९ गते  

काठमाडौँ-नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालमा मात्रै कारागार व्यवस्थापनमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानुनी व्यवस्था रहेको बताउनु भएको छ। विश्वका अन्य कुनै देशमा यस्तो व्यवस्था नरहेको उहाँले बुधबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा औंल्याउनुभयो।

नेम्वाङले भन्नुभयो, “मैले विश्वका धेरै देशहरूको अनुसन्धान गरेँ, तर त्यहाँ यस किसिमको कानुन कतै छैन। नेपालमा मात्र दफा ५३ अन्तर्गत यसको प्रावधान छ।” उहाँले यो नियमावलीले कारागारभित्र व्यवस्थापनमा सहजता ल्याउने उद्देश्य राखेको भए पनि, केही अवस्थामा यसले विकृति पनि उत्पन्न गरेको दाबी गर्नुभयो।

सांसद नेम्वाङले थप भन्नुभयो, “नाईके, भाईनाईके र चौकीदारले कारागारभित्र दमनको शैली अपनाएको सुन्नमा आएको छ। यसले हाम्रो नियमावलीको उद्देश्य अनुसार सबैलाई निश्चित सेवा सुविधा उपलब्ध गराउने काममा असर गरेको छ।”

उनले कारागार सुधार र मानवीय व्यवस्थापनका लागि नियमावलीमा सुधार आवश्यक रहेको समेत संकेत गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै