महिलाको डिजिटल सशक्तिकरणका लागि‘एम्पावरहर’उच्चस्तरीय नीतिगत संवाद सम्पन्न” – Sagarmathapana:: Online News Portal

महिलाको डिजिटल सशक्तिकरणका लागि‘एम्पावरहर’उच्चस्तरीय नीतिगत संवाद सम्पन्न”

   २०८२ श्रावण २९ गते  

काठमाडौं-ग्रिनटेक फर वुमनले युनेस्को ग्लोबल युथ ग्रान्ट स्किमको सहयोगमा सञ्चालन भइरहेको “पावरिङ अप एमआईएल अगेंस्ट डिस्क्रिमिनेसन” परियोजनाअन्तर्गत ललितपुरस्थित प्लाजा होटलको बलरुम–I मा “एम्पावरहर : उच्चस्तरीय नीतिगत संवाद” आयोजना गरेको छ।

कार्यक्रममा नीतिनिर्माता, नागरिक समाजका प्रतिनिधि तथा विज्ञहरू भेला भई मिडिया तथा सूचना साक्षरतामार्फत (MIL) महिलाको सशक्तिकरण र डिजिटल क्षेत्रमा हुने भेदभाव अन्त्यका उपायहरूबारे छलफल गरेका थिए।

सो संवादका प्रमुख अतिथिमा वन तथा वातावरण मन्त्री हो. येइन बी.डी. साहि र प्रतिनिधि सभा उपसभामुख हो. इन्दिरा राना मगर उपस्थित थिए। कार्यक्रमको सञ्चालन ग्रिनटेक फर वुमनकी अध्यक्ष आर्या मानन्धरले गरेकी थिइन्। प्यानल अतिथिमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री हो. गिरीराजमणि पोखरेल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल, पूर्व जापान राजदूत डा. विष्णु हरु नेपाल, तथा पूर्व राष्ट्रिय योजना आयोग सदस्य डा. यज्ञबहादुर कार्की रहेका थिए।

छलफलका मुख्य बुँदा र सिफारिसहरू

#डिजिटल विभाजन अन्त्य — महिलाले शहरी तथा ग्रामीण दुबै क्षेत्रमा इन्टरनेट र प्रविधिमा समान पहुँच पाउने नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड।

#आलोचनात्मक सोच विकास — MIL प्रविधि प्रयोग मात्र नभई जानकारीको मूल्याङ्कन, हानिकारक सामग्री पहिचान र जिम्मेवार डिजिटल नागरिक बन्ने सीप विकास गर्ने माध्यम हो भन्ने निष्कर्ष।

#अनलाइन उत्पीडन र भेदभाव रोकथाम — बढ्दो अनलाइन लैंगिक हिंसा नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र प्रभावकारी उजुरी प्रणाली आवश्यक।

#शिक्षामा MIL समावेश — प्राथमिकदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा MILलाई अनिवार्य विषयका रूपमा समावेश गर्ने सुझाव।

#हरित प्रविधिमा महिलाको सहभागिता — महिलालाई हरित प्रविधि क्षेत्रमा नेतृत्व दिन डिजिटल सीप र MIL महत्वपूर्ण हुनेमा सहमति।

ग्रिनटेक फर वुमन महिलालाई हरित प्रविधि र डिजिटल साक्षरतामा दक्ष बनाई दिगो विकासमा नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यका साथ कार्यरत संस्था हो।

युनेस्को ग्लोबल युथ ग्रान्ट स्किम युवाद्वारा सञ्चालित, समाजका चुनौतीहरू समाधान गर्ने परियोजनालाई सहयोग पुर्‍याउने कार्यक्रम हो, जसअन्तर्गत यो पहल डिजिटल साक्षरतामार्फत सबै प्रकारका भेदभाव विरुद्ध लड्न केन्द्रित छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै