फोनिजको २६औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदानकर्ताहरू सम्मानित
काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २६औं स्थापना दिवस भव्य समारोहका साथ सम्पन्न गरेको छ। स्थापनाको २७ वर्षमा प्रवेशको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई ‘फोनिज अवार्ड–२०८२’ प्रदान गरिएको हो।

कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पूर्व मन्त्रीहरु माननीय भगवती चौधरी, माननीय हितबहादुर तामाङ, कान्छाराम तामाङ, संवैधानिक आयोगका अध्यक्षहरू, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष र सदस्य सचिव, आदिवासी जनजाति महासंघका अध्यक्ष, विभिन्न जातीय संगठनका प्रतिनिधि, नेपाल पत्रकार महासंघका पदाधिकारी, बौद्धिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख, सञ्चार क्षेत्रका अग्रज तथा फोनिजका सल्लाहकारहरूको उपस्थिति रहेको थियो।
समारोहमा मन्त्रीहरूले आदिवासी जनजातिको हकअधिकार र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
फोनिज अवार्ड २०८२ विजेता
मोक्ष गुरुङ – फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान (प्रवास)
गजुरधन राई – फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (टेलिभिजन)
अमरध्वज लामा – फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (रेडियो)
कोचिला सामाद – फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान (राजवंशी त्रैमासिक)
सविन प्रियाशन – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (छापा)
मुनेश लायो मगर – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (अनलाइन)
बन्दना दनुवार – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (रेडियो)
सपना थामी – फोनिज मलेसिया पत्रकारिता पुरस्कार
कार्यक्रमको सञ्चालन महासचिव समिर बालामीले गरेका थिए। फोनिजले आफ्नो स्थापना दिवसमा हरेक वर्ष झैँ यस वर्ष पनि देश–विदेशमा रहेर पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने श्रम, समर्पण र उपलब्धिलाई सम्मान गरेको जनाएको छ।
















