कलंकी नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ – Sagarmathapana:: Online News Portal

कलंकी नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ

   २०८२ श्रावण २७ गते  

काठमाडौं।नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ।

चन्द्रागिरि नगरपालिका–१३ स्थित जग्गाको हालसाविक प्रक्रिया पूरा गरी नयाँ पुर्जा बनाउनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ माग गरेको सूचनापछि सोमबार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले कुँवरलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ प्रक्रियामा आयोगले कार्यालय प्रमुखका दुई मोबाइल फोन, सर्भेक्षकको एक मोबाइल र आरोपी कुँवरको मोबाइल बरामद गरेको जनाएको छ। हाल कुँवरमाथि थप अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै