युएईमा ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्यताका साथ मनाईयो – Sagarmathapana:: Online News Portal

युएईमा ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्यताका साथ मनाईयो

   २०८२ श्रावण २७ गते  

युएई।सांविधान प्रदत्त अधिकार आदिवासी हरुको विषेश क्षेत्राधिकार,संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तह लाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर ” भन्ने मुल नाराका साथ आयोजना गरिएको  “३१औं अन्तरास्ट्रिय विश्व आदिवासी दिवस -२०२५” विविध कार्यक्रमका साथ सम्पन्न भयो ।

नेपाली दूतावास यूएईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईंको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी चापागाईंले विदेशमा रहेर नेपाली संस्कृतिको जगेर्ना गर्न आदिवासी जनजातिहरूले गरेको प्रयासलाई प्रशंसनीय रहेको बताए ।



नेपाल आदिवासी जनजाती महासंघ युएईमा आवद्ध जातिय समाजहरुले आफ्नो मौलिक पहिचान झल्कने झाँकी प्रस्तुत गरेका थिए भने आआफ्नो
परम्परागत मौलिक संस्कृति झल्किने विभिन्न परिकार सहित विभिन्न सामाग्री सहितको स्टल राखी प्रदर्शनी गरिएको थियो ।

उक्त कार्यक्रममा आ-आफ्नो समाजलाई विषेश योगदान पुर्‍याए बापत हरेक मातृ संस्थाबाट सिफारिस गरिएका एक महिला र एक पुरुषलाई सम्मान गरिएको थियो । आजै नेफिन युएईको हालै सम्पन्न १० औं महाधिवेशन बाट चयन भएको सन २०२५-०२७ कार्यकालको लागी थारु कल्याणकारी सभा युएईका सभापति सभापति भागरथी कुमार भगत अध्यक्षतामा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो । समितिका अन्य पदहरुमा क्रमशः वरिष्ठ उपाध्यक्षमा राजु मिलु गुरुङ, उपाध्यक्षहरुमा क्रमशः धनकृष्ण राई , शम्भु वाइवा तामाङ र बुद्ध  बहादुर तामाङ महिला उपाध्यक्ष शिला राना मगर महासचिवमा मनिषा लिम्बु सचिवमा  देव बहादुर भुजेल सह-कोषाध्यक्षमा रमानन्द चौधरी रहनु भएको छ । यसै गरि सदस्यहरुमा क्रमशः रिमिका सुनुवार , प्रेम ब मगर  र सुस्मिता तमुस्यो चयन हुनुभएको छ भने कोषाध्यक्ष पद रिक्त रहेको छ । महिला विभाग प्रमुखमा सबिना चाम्लिङ राई, प्रवक्तामा काजल तामाङ, सांस्कृतिक विभाग प्रमुखमा प्रदीप पुन मगर, जनसम्पर्क सचिवमा देवी माया सुनुवार, राहत तथा उद्धार कोष संयोजकमा  बबिता रास्कोटी मगर चयन हुनु भएको छ ।



यसैगरी नेफिन युएईले विगत देखि आयोजना गरिदै आएको मिस्टर एण्ड मिस इण्डिजिनियस प्रतियोगिता” लाई निरन्तरता दिदै यो वर्ष पनी “
मिस्टर एण्ड मिस इण्डिजिनियस प्रतियोगिता-२०२५” सम्पन्न भयो । उक्त प्रत्योगिताबाट मिस्टर इन्डिजिनियस २०२५ को उपधी थारु कल्याणकारी सभा युएईका किसन लाल चौधरी मिस इन्डिजिनियस २०२५ को उपाधी सुनुवार सेवा समाज शाखा यूएईकी देवी माया सुनुवारले हात पार्न सफल भए ।

नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्य अतिथिहरुमा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान, नेपाल एशोसियसन एनारन युएईका अध्यक्ष विकास शाहि, आदिवासी जनजाति युवा महासंघ युएईका अध्यक्ष दिपक थापा मगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर तथा युएईमा कृयाशिल राजनितिक भातृ संगठनका अध्यक्षहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरु को उपस्थिति रहेको थियो।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा हाल सम्म तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई,  किरात राई यायोख्या शाखा युएई, किरात याक्थुङ्ग चुम्लुङ्ग युएई, थारु कल्याणकारी सभा युएई, नेवा: पुचः युएई,  शेर्पा किदुङ युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई,  सुनुवार सेवा समाज शाखा युएई , माझी समाज युएई आवद्ध छन । राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएई को सहकार्य रहेको थियो । सदा झैं यस वर्ष पनि प्रमुख मिडिया पार्टनारको रुपमा आदिवासी जनजाति पत्रकार महासंघ युएई  रहेको थियो ।

सन१९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्ट का दिन अन्तरास्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाए अनुसार हरेक ९ अगष्टका दिन विश्व भरी यो दिवस मनाउदै आएको छ । तर वैदेशिक रोजगारमा रहेका नेपालिहरुले भने सार्वजनिक विदाको दिनलाई अनुकुल पारेर हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएका छन । सोही अनुसार यो वर्ष युएईमा १० अगस्ट आईतवारका दिन कार्यक्रम आयोजना गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै