भारतमा विपक्षी नेता राहुल गान्धी प्रदर्शनका क्रममा पक्राउ – Sagarmathapana:: Online News Portal

भारतमा विपक्षी नेता राहुल गान्धी प्रदर्शनका क्रममा पक्राउ

   २०८२ श्रावण २६ गते  

काठमाडौं।भारतमा विपक्षी नेताहरू निर्वाचन आयोगविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका छन्। बीबीसी हिन्दीका अनुसार, संसद् भवनबाट निर्वाचन आयोगसम्मको विरोध जुलुसका क्रममा कांग्रेस नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गान्धीसँगै कांग्रेस नेतृ प्रियंका गान्धी र शिव सेना पार्टीका नेता सञ्जय राउत पनि पक्राउ परेका छन्।

विपक्षी सांसदहरूले लोकसभा, महाराष्ट्र र हरियाणाका चुनावमा मतदाता नामावली हेरफेर भएको आरोप लगाउँदै दिल्लीस्थित निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले आयोग र भारतीय जनता पार्टीबीच मिलेमतोमा धाँधली गरिएको दाबी गरेका छन्।

प्रहरीका अनुसार, अनुमतिविपरीत ठूलो संख्यामा मानिस भेला भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै