‘गोर्खा वारियर’ अब कोरियन भाषामा – Sagarmathapana:: Online News Portal

‘गोर्खा वारियर’ अब कोरियन भाषामा

   २०८१ श्रावण ३ गते  

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको ‘गोर्खा वारियर’ अब कोरियन भाषामा रिलिज हुने भएको छ । दक्षिण कोरियामा कोरियन भाषामा फिल्म रिलिज गर्ने तयारी भइरहेको निर्माणपक्षले बताएको छ । यो फिल्मलाई कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले कोरियन भाषामा रिलिज गर्न लागेको हो ।

निर्देशक चाम्सले यो बिषयमा भने–‘यो फिल्मलाई कोरियाको लागि ७ बर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनीले किनेको थियो । यो फिल्मलाई पूर्ण रुपमा कोरियन भाषामै स्वरांकन सहित तयार गरेर यसको रिलिजको लागि सो कम्पनीले फस्टलुक समेत तयार पारेर सार्वजनिक गरेको छ ।’

सन् १९४९ मा मलायाको जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइलाई फिल्मको पर्दामा देखाइएको छ । यो फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर वाङ्देल, कविता आले लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई कोरियन भाषामा कोरियाका हलहरुमा रिलिज गर्न लागिएको हो । हलमा रिलिज भएपछि स्थानीय टेलिभिजनहरूमा पनि फिल्म रिलिज गर्न लागिएको हो । यो फिल्म नेपाली र अंग्रेजी भाषामा रिलिज भइसकेको छ ।

यो फिल्मलाई अमेरिकन कम्पनीले खरिद गरिसकेकाले ७ वर्षसम्म युट्युबमा रिलिज नहुने भएको छ । फिल्मको हिन्दी संकरण भने ओटिटीमा रिलिज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै