राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, भूपरिवेष्टित राष्ट्र सम्मेलनबारे जानकारी – Sagarmathapana:: Online News Portal

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, भूपरिवेष्टित राष्ट्र सम्मेलनबारे जानकारी

   २०८२ श्रावण २५ गते  

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८, २०२५) तुर्कमेनिस्तानमा आयोजित उक्त सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका हुन्। भेटवार्तामा समसामयिक राजनीतिक तथा अन्य महत्वपूर्ण विषयमा पनि छलफल भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै