प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन मेटमणी चौधरीको माग – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन मेटमणी चौधरीको माग

   २०८२ श्रावण २२ गते  

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल विश्वासको मत लिन माग गरेका छन्।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले संविधानको धारा १०० को उपधारा २ अनुसार सरकारमा सहभागी दुई दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने अवस्था आएको स्पष्ट पारे।

“नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको आज एक महिना पुग्यो, जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता गरिसकेको छ,” उनले भने, “यस परिस्थितिमा प्रधानमन्त्रीले संविधानको व्यवस्था अनुसार संसद्बाट पुनः विश्वासको मत लिनुपर्छ।”

सांसद चौधरीले प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा ‘विश्वासको मत लिन आवश्यक छैन’ भनेकोप्रति आपत्ति जनाउँदै त्यस प्रकारको अभिव्यक्तिको पार्टीले कडा विरोध गर्ने बताए।

उनको भनाइमा, “संविधानमाथि विश्वास नराख्ने, कानुनी प्रक्रिया उल्लंघन गर्ने अभिव्यक्तिहरू प्रधानमन्त्रीबाट आउनु अत्यन्त आपत्तिजनक हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै