माग्ने राजा’ टोली पशुपति महायज्ञमा, केदार घिमिरेबाट २५ हजार १ रुपैयाँको सहयोग
काठमाडौं–आगामी भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘माग्ने राजा’ को प्रचारप्रसार अभियान तीव्र रुपमा अघि बढिरहेको छ। यही क्रममा सिनेमाका मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने र लेखक सामिप्यराज तिमिल्सिना आइतबार पशुपति परिसर पुगेका छन्।


पशुपतिनाथ मन्दिर परिसरमा अहिले सञ्चालन भइरहेको विशेष महायज्ञमा सहभागी भएका टोलीले भक्तजनहरूसँग संवाद गर्दै चलचित्रको बारेमा जानकारी गराएका थिए। यस अवसरमा ‘माग्ने राजा’ का प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुढा) ले महायज्ञ आयोजनालाई सहयोग स्वरूप २५ हजार १ रुपैयाँ नगद प्रदान गरेका छन्।
सांस्कृतिक, धार्मिक र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै गरिएको यो कार्यक्रमले सिनेमा टोलीप्रति दर्शकहरूको ध्यान आकृष्ट गराएको छ। कलाकार र निर्माण पक्षको अनुसार सिनेमा ‘माग्ने राजा’ हास्यरस, पारिवारिक कथा र सामाजिक सन्देशले भरिएको हुनेछ।
भक्तजनहरूको उत्साहजनक साथ र समर्थनले टोलीलाई थप ऊर्जा मिलेको निर्देशक लामिछानेले बताए।













