सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन, अब सेवा बुधबारेबाट – Sagarmathapana:: Online News Portal

सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन, अब सेवा बुधबारेबाट

   २०८२ श्रावण १८ गते  

बेलबारी-बेलबारी नगरपालिका–१ मा सञ्चालन हुँदै आएको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा स्थानान्तरण गरिएको छ। शनिबार बिहान आयोजित एक विशेष समारोहबीच संघीय सांसद डा. सुनिल शर्माले नयाँ भवनको उद्घाटन गरेसँगै नगर अस्पतालको सेवा नयाँ स्थानबाट सुरु हुने भएको हो।


उद्घाटन समारोहमा बोल्दै सांसद शर्माले आधुनिक स्वास्थ्य सुविधा सबैको पहुँचमा पुर्‍याउने लक्ष्यसहित नयाँ भवन सञ्चालनमा ल्याइएको बताए। “स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने, “यो नयाँ भवनसँगै बेलबारीवासीको स्वास्थ्य सेवा अझ सहज र सुलभ हुनेछ।”

नगर अस्पताल अब आइतबारदेखि बेलबारी–४ बुधबारेबाट सेवा सञ्चालनमा आउने छ। अस्पताल प्रशासनका अनुसार नयाँ भवनमा पहिलेभन्दा बढी सेवा सुविधा उपलब्ध हुनेछ, जसमा महिला स्वास्थ्य, बालबालिका उपचार, आकस्मिक सेवा र नियमित चेकजाँच लगायतका सुविधा समेटिने छन्।

नयाँ स्थानान्तरणसँगै नगरवासीले सुविधा सम्पन्न भवनमा स्वास्थ्य सेवा पाउने आशा गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै