पाँच वर्षपछि गायक बिक्की गुरुङको भावनात्मक ‘डर लाग्छ’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

पाँच वर्षपछि गायक बिक्की गुरुङको भावनात्मक ‘डर लाग्छ’ सार्वजनिक

   २०८२ श्रावण १८ गते  

काठमाडौं-चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले झण्डै पाँच वर्षपछि आफ्नो नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। प्रेम र बिछोडका गहिरा भावनालाई आत्मीय ढङ्गले प्रस्तुत गर्ने बिक्कीले यसपटक पनि आफ्नो शैलीमा कुनै सम्झौता गरेका छैनन्

गीत ‘डर लाग्छ’ मा शब्द, सङ्गीत र स्वर तीनैवटा पक्षमा बिक्की स्वयंको प्रस्तुति रहेको छ, जसले उनको बहुपक्षीय प्रतिभालाई उजागर गरेको छ। अमेरिकामा बसोबास गरिरहेका बिक्कीले २०१५ मा ‘केवल’ बोलको गीतबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए। त्यसयता ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतमार्फत उनले नेपाली साङ्गीतिक बजारमा गहिरो प्रभाव छोडेका छन्।

‘डर लाग्छ’ गीतको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिको अभिनय रहेको छ। निर्देशक विजय दोङको निर्देशनमा तयार भएको भिडियोमा जितु तामाङले छायाङ्कन, सम्पादन र कलर ग्रेडिङको काम सम्हालेका छन्।

सङ्गीत पक्षमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गीले गीतलाई अझै समृद्ध बनाएका छन्। निर्माण भने भिक्टर रसाइलीले गरेका हुन्।

नेपाली परम्परागत धुन र आधुनिक शैलीको सन्तुलन मिलाएर बनाइएको ‘डर लाग्छ’ गीतले पुनः बिक्की गुरुङलाई सशक्त संगीतकर्मीको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै