जनार्दनले विरुद्धमा बोलेको भन्दै प्रचण्डको असन्तुष्टि, अनुशासनमा बस्न सुझाव – Sagarmathapana:: Online News Portal

जनार्दनले विरुद्धमा बोलेको भन्दै प्रचण्डको असन्तुष्टि, अनुशासनमा बस्न सुझाव

   २०८२ श्रावण १७ गते  

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्न शर्माले विरुद्धमा बोलेको भन्दै असन्तुष्टि जनाएका छन् ।शुक्रबार बाट सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डले विधिभन्दा बाहिर गएर नबोल्न र अनुशासनमा रहन चेतावनी दिएका हुन् । जनार्दनले विधिन्दा बाहिर गएर बोल्दा राम्रो सन्देश नगएको प्रचण्डको भनाइ छ ।

पछिल्लो समय माओवादीमा अन्तरसंघर्ष चुलिएको छ । पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा आरोप–प्रत्यारोपमै उत्रिएका छन् । उपमहासचिव शर्माले सार्वजनिक कार्यक्रममा मनमोहनपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री असुली धन्दामा लागेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई काउन्टर दिँदै भोलिपल्टै प्रचण्डले आफूले पार्टीमा प्रशस्तै सिगौरी खेल्ने ठाउँ दिएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै