नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको छ ।
‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।












