सिनेमा ‘मिरमिरे’ माघ १ गते प्रदर्शन हुने,दयाहाङ र प्रकाशको पहिलो सहकार्य – Sagarmathapana:: Online News Portal

सिनेमा ‘मिरमिरे’ माघ १ गते प्रदर्शन हुने,दयाहाङ र प्रकाशको पहिलो सहकार्य

   २०८२ श्रावण १६ गते  

काठमाडौं।निर्देशक यम शेर्पाको निर्देशनमा तयार हुँदै गरेको नयाँ नेपाली सिनेमा ‘मिरमिरे’ ले आउँदो माघ १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ। उक्त मिति अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।

दयाहाङ राई, गायक तथा अभिनेता प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा रहेको यो सिनेमाको छायांकन हाल मकवानपुरको चित्लाङ क्षेत्रमा भइरहेको छ। यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘मिरमिरे’ को कथा स्वयं निर्देशक यम शेर्पाले लेखेका हुन्।

सिनेमामा दयाहाङ र प्रकाशको यो पहिलो पटकको सहकार्य हो, जसले दर्शकमाझ थप उत्सुकता बढाएको छ। गायनमार्फत लोकप्रियता कमाएका सपूतको अभिनय यात्रा र दयाहाङको दमदार अभिनय कौशलको संगमले ‘मिरमिरे’ लाई विशेष बनाउने अपेक्षा गरिएको छ।

सिनेमाको देशव्यापी वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ। निर्माण टोलीका अनुसार सिनेमा नेपाली मौलिकता, प्रेम र समाजका विविध आयाम समेटेर तयार पारिएको छ।

निर्माता पक्षले भनेका छन्, “हामी माघ १ गतेलाई लक्षित गरेर सिनेमालाई उत्कृष्ट बनाउने प्रयासमा छौं। यो कथाले नेपाली दर्शकको मन छुने विश्वास छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै