शुक्रबारबाट सुरू हुने स्थायी कमिटी बैठकको तयारीको लागि प्रचण्डले बोलाए पदाधिकारी बैठक – Sagarmathapana:: Online News Portal

शुक्रबारबाट सुरू हुने स्थायी कमिटी बैठकको तयारीको लागि प्रचण्डले बोलाए पदाधिकारी बैठक

   २०८२ श्रावण १४ गते  

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पदाधिकारी बैठक डाकेका छन् । पर्सि (शुक्रबार) बाट सुरु हुने स्थायी कमिटी बैठकको तयारीको लागि दाहालले आज पदाधिकारी बैठक राख्न लागेका हुन् ।

बैठक दिउँसो ४ बजे बस्ने भएको हो । पछिल्लो समय माओवादीभित्र उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डविरुद्ध सार्वजनिक रुपमै प्रहार गर्न थालेका छन् ।

हिजोमात्रै पनि उनले पार्टी नेतृत्वबाट नै आफूमाथि पार्टी विभाजन गर्न लागेको भनेर गलत प्रचार गराएको भनेर आलोचना गरेका छन् । शर्माले विशेष महाधिवेशनको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै