बादल पारी उनको गाउँ’सार्वजनिक-रचना रिमाल र प्रकाश कार्कीको स्वरमा नयाँ प्रेमिल गीत (भिडियो सहित)
निराज रानाभाट
चितवन-गायक प्रकाश कार्की र लोकप्रिय गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ गीत ‘बादल पारी उनको गाउँ’ मंगलबार सार्वजनिक गरिएको छ। गीतमा संगीतकारको रूपमा स्वयं प्रकाश कार्कीको संगीत रहेको छ भने शब्द रचनामा संकल्प लामिछाने र प्रकाश कार्की स्वयंको साझा प्रयास रहेको छ।


गीतमा अर्जुन पोख्रेलको संगीत संयोजनले गीतलाई अझ कर्णप्रिय बनाएको छ। प्रेमभाव व्यक्त गर्ने यस गीतमा मायालुलाई भेट्नको लागि गरिएको भावुक प्रयासलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
गीतको भिडियोतर्फ हेर्दा, प्रविन थापाको निर्देशनमा बनेको भिडियोमा बिमल अधिकारी र उषा उप्रेतीले अभिनय गरेका छन्। भिडियोको छायांकन राजेश घिमिरे, सम्पादन तथा रङ संयोजन दिपक बिष्ट र ध्वनि सम्पादन नरेश बि.बि.सि.ले गरेका छन्।
ए प्लस स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा नारायण आचार्य रेकर्डिष्टका रूपमा संलग्न थिए। एरेञ्जमेन्ट आदेश गुर्माछानले गरेका छन् भने दृश्य निर्माण पहिलो पाइला मिडिया हाउसले गरेको हो।
गीत पहिलो पाइला मिडिया हाउसको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। मिडिया साझेदारका रूपमा जन अपडेट डटकमसहित विभिन्न मिडियाहरूको साथ रहेको छ।


[भिडियो हेर्नुहोस् यहाँ क्लिक गर्नुहोस्]












