आमरण अनसनमा रहेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
काठमाडौँ।विभिन्न ७ बुँदे माग राखी देखि आमरण अनसन सुरु गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तीर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।
सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका सङ्घको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो ।
तीर्थराजको तर्फबाट उपमेयर सहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।













