१० औं मिस र नवौं मिसेस व्युटिफुल नेपाल २०२५ को उपाधि क्रमशःप्रसुन्ना सेन्चुरी र प्रिया कार्कीलाई – Sagarmathapana:: Online News Portal

१० औं मिस र नवौं मिसेस व्युटिफुल नेपाल २०२५ को उपाधि क्रमशःप्रसुन्ना सेन्चुरी र प्रिया कार्कीलाई

   २०८२ श्रावण १४ गते  

काठमाडौं–दक्ष इन्टरनेशनल प्रा.लि.द्वारा आयोजित ‘१० औं मिस तथा नवौं मिसेस व्युटिफुल नेपाल २०२५’ को ग्रान्ड फिनाले शनिबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा मिस तर्फ प्रसुन्ना सेन्चुरी र मिसेस तर्फ प्रिया कार्कीले उपाधि जिते। कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहे भने प्रमुख निर्णायक वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी थिए।

अन्य निर्णायकहरूमा अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, शिक्षाविद् मन कुमारी पोखरेल, तथा अभिनेत्री शिल्पा पोखरेल लगायतको उपस्थिति थियो।

मिसेस व्युटिफुल नेपाल २०२५

  • विजेता/फोटोजेनिक/भिवर्स च्वाइस/बेस्ट पर्सनालिटी – प्रिया कार्की
  • फस्ट रनर अप/मस्ट पपुलर/बेस्ट स्माईल/बेस्ट डान्स – पारु खड्का
  • सेकेन्ड रनर अप/र्याम्प वाक – मोनिका शर्मा
  • मस्ट डिसिप्लेन – मनिषा गुरागाईं
  • मस्ट ट्यालेन्ट/मस्ट पंच्युअल – अनिता राज भण्डारी

मिस व्युटिफुल नेपाल २०२५

  • विजेता/मस्ट एक्टिभ – प्रसुन्ना सेन्चुरी
  • फस्ट रनर अप/बेस्ट फिगर/मस्ट पंच्युअल – श्रेया वाग्ले
  • सेकेन्ड रनर अप/फेशन आइकन/बेस्ट डान्स – विपना भट्टराई
  • थर्ड रनर अप/भिवर्स च्वाइस/मस्ट फ्रेन्डली – सोनिया रञ्जित
  • मस्ट पपुलर/मस्ट फोटोजेनिक – एलिना कार्की
  • मस्ट ट्यालेन्ट/बेस्ट र्याम्प वाक – अनुग्रह घिमिरे
  • मस्ट डिसिप्लेन – सपना कुमारी शहनी
  • बेस्ट स्माईल – प्रमिला न्यौपाने

कार्यक्रमका विशेष अतिथिमा संगीतकार शम्भुजित बास्कोटा, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, अभिनेता राजाराम पौडेल, निर्माता उत्तम केसी लगायत थिए।

आयोजक टेकराज पाण्डेका अनुसार प्रतियोगिता महिलाहरूको आत्मअनुशासन, सार्वजनिक प्रस्तुति र नेतृत्व क्षमताको विकास गर्ने प्रमुख मंच हो।

ईभेन्ट डाइरेक्टर गीता उप्रेती र कोरियोग्राफर तथा होस्ट आश्विनी झाले कार्यक्रम सञ्चालन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै