बहादुरसिंह लामा तामाङको पक्षमा १५ सांसदको सनाखत, अविश्वास प्रस्तावमा गहिरो ध्रुवीकरण
काठमाडौँ—नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावले दलभित्र गहिरो मतभेद उजागर गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकमा पक्ष-विपक्षमा मत विभाजन भएको हो।
बैठकमा बहादुरसिंह लामा तामाङको पक्षमा १५ जना सांसद उभिएका छन् भने २२ जना सांसदले उनीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। यस मत विभाजनसँगै प्रदेश कांग्रेसभित्र नेतृत्वको खिचातानी झनै स्पष्ट रूपमा देखिएको छ।
बहादुरसिंह लामा तामाङको पक्षमा रहेका १५ सांसदको सूची:
- बहादुरसिंह लामा तामाङ
- कुन्दनराज काफ्ले
- उत्तम जोशी
- लक्ष्मी श्रेष्ठ
- रमेशकुमार महत
- हरिप्रभा खड्गी
- रामकुमार पहाडी
- छेत्रबहादुर बम्जन
- गिता गुरूङ
- मसिना खड्का
- तिर्थ लामा
- रामकृष्ण चित्रकार
- माया श्रेष्ठ
- गोविन्द लम्साल
- समिता खड्गी
यस अविश्वास प्रस्तावले नेपाली कांग्रेस बागमती प्रदेशमा भविष्यमा देखिन सक्ने नेतृत्व परिवर्तनको संकेत दिएको छ। यद्यपि अन्तिम निर्णय दलको औपचारिक प्रक्रियाबाट हुनेछ।
पार्टीभित्र बढ्दो गुटबन्दीले समग्र राजनीतिक स्थायित्वमा असर पुर्याउने चिन्ता विश्लेषकहरूले व्यक्त गरेका छन्।












