३० महिनाभित्र सक्ने भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम
काठमाडौं । भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।
पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।
निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाउनुपर्ने छ ।
महानगरपालिकाका बरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका काम सम्झौता भएको कम्पनीले गर्नेछ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । तिकाम सक्ननिर्माणको लागत भ्याट र पीएससहित७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेश्कीका रुपमा आज ६ करोड ८० लाख रकम दिने तयारी गरेको छ । निर्माण कम्पनीले पेश गरेको कार्यतालिकाका आधारमा धमाधम निर्माणको काम हुने विश्वास महानगरले लिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।
रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले विगतमा अन्यौलमा रहेको रंगशाला निर्माणको कामले अब गति लिने बताइन् । उनले रंगशाला देशकै गौरवको परियोजना भएकोले यसलाई पूर्णता दिन महानगर हरहालतमा लाग्ने बताइन् ।
‘महानगरपालिकाले रंगशाला निर्माणमा बजेटको कमी हुन दिँदैन,’ उनले भने, ‘महानगरपालिकाले गर्नुपर्ने काम सबै गर्न तयार रहेको जानकारी निर्माण कम्पनीलाई दिइएको छ ।’












