बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा – Sagarmathapana:: Online News Portal

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

   २०८२ श्रावण १३ गते  

काठमाडौं-साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।

प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका हुन् ।

बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ । साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै