भूमि विधेयक फिर्ता लिन सरकारलाई सांसद ज्वालाको सुझाव
काठमाडौं-नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले उक्त विधेयक फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरू सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।
‘वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउन्, भूमाफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गरियोस् । त्यसअनुसार भूमि सम्बन्धी विधेयक सके फिर्ता लिइयोस्, नसके संशोधनहरूलाई सम्बोधन गरियोस्,’ ज्वालाले भने ।












