दक्षिण कोरियामा सम्पन्न एनआरएनए १०औं महाधिवेशन :पार्वती मोक्तान अध्यक्ष निर्वाचित
सोल (दक्षिण कोरिया)–गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट पार्वती मोक्तान अध्यक्षमा निर्वाचित हुनुभएको छ।
महाधिवेशनले नयाँ कार्यसमितिको गठन गरेको छ, जसमा वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, उपाध्यक्षहरू मंगल प्रसाद योङ्हाङ र निरञ्जन भण्डारी, महासचिव कमल भण्डारी, सचिवहरू सोनाम शेर्पा र दुर्गा प्रसाद ढकाल, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, युवा संयोजक टेक बहादुर बोहोरा, र महिला संयोजक मिता गुरुङ रहेका छन्। साथै सदस्य मनसुन खड्का र आइशा सिटौला पनि समितिमा चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए परिवार, विभिन्न संघ–संस्था तथा प्रवासी नेपाली समुदायबाट बधाई र शुभकामना दिइएको छ।




भोजपुर परिवार दक्षिण कोरियाका अध्यक्ष सुनिल बान्तवा राईले पनि नवनिर्वाचित अध्यक्ष पार्वती मोक्तान लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको जानकारी दिएका छन्।
एनआरएनए दक्षिण कोरिया विश्वभरका नेपालीहरूको हित र अधिकारका लागि महत्वपूर्ण भूमिका खेल्ने संगठन हो, र यस नयाँ नेतृत्वले आगामी कार्यकालमा अझ प्रभावकारी कार्य गर्ने अपेक्षा गरिएको छ।












