साउन १७ गते काठमाडौंको टुसाल मल्टिभेन्यूमा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता हुने
काठमाडौं।तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी संघको विशेष सहयोगमा टुसाल मल्टिभेन्यूले आगामी साउन १७ गते चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका विभिन्न विद्यालयका करीब १५० विद्यार्थीले सहभागिता जनाउनेछन्। टुसाल मल्टिभेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसीका अनुसार यसअघिका प्रतियोगिता कक्षाअनुसार हुँदै आएका थिए भने यसपटक भने उमेर समूहका आधारमा प्रतिस्पर्धा गराइनेछ।
अपरेसन प्रवन्धक विशाल खड्काका अनुसार कुल २९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ र टिम ट्रफी अंक प्रणालीको आधारमा प्रदान गरिनेछ।


प्रतियोगिताका प्रमुख विवरणः
८ वर्ष र त्यसमुनीका लागि: ४ इभेन्ट्स (फ्रिस्टाइल र ब्रेकस्टोक – २५ मिटर) ९–१० वर्ष समूह: ६ इभेन्ट्स (फ्रिस्टाइल, ब्रेकस्टोक, ब्याकस्टोक – २५ मिटर) ११–१२ र १३–१५ वर्ष समूह: १८ इभेन्ट्स (फ्रिस्टाइल, ब्रेकस्टोक, ब्याकस्टोक, बटरफ्लाइ, इन्डिभिजुअल मेडले) मिक्स फ्रिस्टाइल रिले: २ ब्वाइज र २ गर्ल्स (४×२५ मिटर) प्रतियोगितामा ब्वाइज र गर्ल्स दुवैको सहभागिता रहनेछ।















