नेपाल प्रिमियर लिग:८ फ्रेन्चाइजका लागि ४५८ खेलाडी तयार – Sagarmathapana:: Online News Portal

नेपाल प्रिमियर लिग:८ फ्रेन्चाइजका लागि ४५८ खेलाडी तयार

   २०८२ श्रावण ११ गते  

काठमाडौँ-क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आफ्नो प्रमुख प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको छ।

क्यानले शनिबार जारी गरेको विज्ञप्ति अनुसार एनपीएलको खेलाडी  कुल ४५८ जना दर्ता भएका छन्। खेलाडी लिलामी आगामी साउन २४ गते (अगस्ट ९) मा सम्पन्न हुने बताइएको छ।

क्यानका अनुसार दर्ता भएका खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टिमलाई पठाइएको छ। साथै, प्राविधिक समितिले निर्धारित मापदण्डअनुसार अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै