चिट्ठी’ चलचित्रको पोष्टर सार्वजनिक, भदौ २० देखि प्रदर्शनमा – Sagarmathapana:: Online News Portal

चिट्ठी’ चलचित्रको पोष्टर सार्वजनिक, भदौ २० देखि प्रदर्शनमा

   २०८२ श्रावण ११ गते  

काठमाडौँ–नेपाली चलचित्र ‘चिट्ठी’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको स्थिर र मोसन पोस्टर शनिबार सार्वजनिक गरिएको छ। चलचित्रको निर्देशन माधव राज खरेलले गरेका छन् भने वितरणको जिम्मा कुवेर डिष्टिव्युटर्स प्रा.लि. ले लिएको छ।

कमेडी र हरर जनरामा निर्माण भएको ‘चिट्ठी’ लाई यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम भनेर निर्माण पक्षले प्रस्तुत गरेको छ। चलचित्रमा डिजिटल समाज, सामाजिक सम्बन्ध र सूचनाको दुरुपयोग जस्ता विषयलाई रोचक शैलीमा देखाइएको बताइएको छ। निर्देशक खरेलका अनुसार,

“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं।”

सार्वजनिक मोसन पोस्टरमा डार्क टोन, रहस्यमयी पात्र र हाँस्य मिश्रित डरको झलक देख्न सकिन्छ, जसले दर्शकमाझ उत्सुकता थप बढाएको छ।

चलचित्रमा प्रबण भुषाल, खड्ग बहादुर पुन मगर (खबपु), संजीत भण्डारी, गोपाल ढकाल (छन्दे), नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

निर्मातामा संचारकर्मी कमला जोशी रहेकी छन्। जीवन पराजुली र राजन खरेल को छायांकन, राजेश कुमारको सम्पादन र समिर मिँयाको भिएफ्एक्स रहेको छ। गीतमा डा. कृष्णहरि बराल र कमला जोशीका शब्द, स्वरमा शिव परियार, बनिषा पौडेल र बसन्त अर्याल, संगीतमा सरोज कोईराला, र शिवताण्डव गीत संयोजनमा राजेन्द्र बजगाई रहेका छन्।

दन्द्ध निर्देशन किरण दाहाल, ब्याकग्राउण्ड संगीत पुस्कर खत्री, ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै