ग्लोबल स्टार अवार्ड २०२५ : पत्रकार नवराज बजगाई ‘उत्कृष्ट शब्द रचना’ अवार्डबाट सम्मानित
काठमाडौं।लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई ‘ग्लोबल स्टार अवार्ड २०२५’ बाट ‘उत्कृष्ट शब्द रचना अवार्ड’ प्रदान गरिएको छ।
शनिबार नेपाल प्रहरी क्लबमा सम्पन्न ग्लोबल स्टार अवार्ड २०२५, दक्ष इन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको संयुक्त आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ (९औं संस्करण) र **‘मिस ब्युटिफुल नेपाल’ (१०औं संस्करण)**को ग्राण्ड फिनालेमा उनलाई सम्मान गरिएको हो।


समाज परिवर्तनमा पत्रकारितामार्फत योगदान
बजगाईलाई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै समाज परिवर्तनमा योगदान दिएको भन्दै विशेष सम्मान गरिएको हो। साथै, उनले नव क्षितिज साप्ताहिकको रजत गीत ‘सुशासनका लागि’ मा उत्कृष्ट शब्द रचना गरेको कारण पनि ‘उत्कृष्ट शब्द रचना अवार्ड’ प्राप्त गरेका हुन्।
उच्चस्तरीय व्यक्तित्वको उपस्थितिमा सम्मान
अवार्ड पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, माननीय चन्द्र भण्डारी, पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा, निर्देशक टेकराज पाण्डे, कलाकार रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायत प्रतिष्ठित व्यक्तित्वले प्रदान गरेका थिए।


सम्मानपछि आफ्नो भावना व्यक्त गर्दै बजगाईले भने,
“यो अवार्डले गीत–साहित्य र पत्रकारितामा अझ ठूलो प्रेरणा दिएको छ।”सञ्चारकर्मी मात्र होइन, साहित्य र समाजसेवामा पनि सक्रिय
बजगाई हाल नव क्षितिज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक र राम्रो सन्देश डटकमका सञ्चालक/प्रधान सम्पादक छन्। उनी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, काभ्रे शाखा सल्लाहकार, तथा पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष समेत रहेका छन्।
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर निवासी बजगाई यसअघि पनि पत्रकारिता, साहित्य, कला र समाजसेवामा योगदानका लागि विभिन्न संघ–संस्थाबाट सम्मानित भइसकेका छन्।














