मुख्यमन्त्री लामापनि एक्शनमा उत्रिए, चार मन्त्रीहरुलाई गरे बर्खास्त – Sagarmathapana:: Online News Portal

मुख्यमन्त्री लामापनि एक्शनमा उत्रिए, चार मन्त्रीहरुलाई गरे बर्खास्त

   २०८२ श्रावण १० गते  

काठमाडौंबागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका भनिएका चार जना मन्त्रीहरुलाई पदबाट मुक्त गरेका छन् ।

(शुक्रबार) साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई संविधानको धारा १६९ को (२) को ख बमोजिम पदमुक्त गरेका हुन् ।

यसरी पदमुक्त हुने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटनमन्त्री विमलचन्द्र ठकुरी रहेका छन् । यी चारै जना मन्त्रीहरुले दलको नेताबाट मुख्यमन्त्री लामालाई हटाउनको लागि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

इन्द्र बानियाँको नेतृत्वमा २१ जना सांसदहरुले मुख्यमन्त्री लामालाई हटाउने प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुको यो कदमपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुको राजीनामा स्विकृत नगरी बर्खास्त गरेका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै