नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको पहिलो अधिवेशन सम्पन्न:मिलन कसजु अध्यक्षमा निर्वाचित – Sagarmathapana:: Online News Portal

नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको पहिलो अधिवेशन सम्पन्न:मिलन कसजु अध्यक्षमा निर्वाचित

   २०८२ श्रावण ७ गते  

काठमाडौंनेपाल लोकतान्त्रिक खेलकुद संघ, खोटाङको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मिलन कसजुको अध्यक्षतामा २४ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नेपाली कांग्रेसको भातृ संगठनका रूपमा रहेको संघको सचिवमा विरेन गुरुङ निर्वाचित भएका छन्। बुधबार दिक्तेलस्थित वीपी स्मृति भवनमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्षमा किरण राईलाई पनि निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिका सदस्यहरूमा विचारी तामाङ, दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कंचन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ रहेका छन्।

त्यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधिमा खड्गमणि राई र बसन्त राईलाई चयन गरेको छ। प्रदेश ‘क’ बाट भरत राई र सनम राई तथा प्रदेश ‘ख’ बाट रणजंग राई, गणेश पुमा राई र एलिशा राई प्रदेश प्रतिनिधिका रूपमा चयन भएका छन्।

प्रमुख अतिथि नेपाली कांग्रेस खोटाङका उपसभापति इवन राई र विशेष अतिथि नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य बेदप्रसाद वनको उपस्थितिमा अधिवेशन उद्घाटन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै