ओलीको दाबी : “२०८४ को निर्वाचनमा एमालेलाई बहुमत जित्न कसैले रोक्न सक्दैन” – Sagarmathapana:: Online News Portal

ओलीको दाबी : “२०८४ को निर्वाचनमा एमालेलाई बहुमत जित्न कसैले रोक्न सक्दैन”

   २०८२ श्रावण ६ गते  

काठमाडौं।प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमाले पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

सोमबार काठमाडौंमा बसेको एमाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता बलियो बनाएर अघि बढे बहुमत सुनिश्चित हुने दाबी गरे।

“एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो भने २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन,” ओलीले भने, “हाम्रो लक्ष्य स्पष्ट छ — सशक्त एमाले, समृद्ध नेपाल।”

प्रधानमन्त्री ओलीले केही शक्तिहरूले ‘केपी ओली विनाको एमाले’ र ‘एमाले विनाको नेपाल’ बनाउने षड्यन्त्र गरिरहेको आरोप पनि लगाए। तर, उनले पार्टीले १३ महिनादेखि सफलतापूर्वक सरकार सञ्चालन गरिरहेको र त्यो नै जनविश्वासको प्रमाण भएको जिकिर गरे।

“एमाले नेतृत्वबिनाको नेपाल सम्भव छैन, र केपी ओली विनाको एमाले पनि कल्पना गर्न सकिँदैन,” उनले दोहोर्‍याए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको प्रदर्शन, आगामी रणनीति र सांगठनिक सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै