एलिना चौहानको स्पष्ट भनाइ: “अब म चुप लाग्दिन” – Sagarmathapana:: Online News Portal

एलिना चौहानको स्पष्ट भनाइ: “अब म चुप लाग्दिन”

   २०८२ श्रावण २ गते  

काठमाडौं–लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जाल र सार्वजनिक टिप्पणीमार्फत आफ्नो व्यक्तिगत जीवनमाथि भइरहेको चरित्र हत्या र मानसिक आक्रमणबारे पहिलोपटक खुलस्त धारणा सार्वजनिक गरेकी छिन्।

उनले एक लामो सार्वजनिक सन्देशमार्फत आफू ‘आपसी समझदारीमा’ समाप्त भएको सम्बन्धमाथि समाजको दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले फेरि प्रश्न उठाइएपछि कानुनी बाटो अपनाउन बाध्य भएको स्पष्ट पारिन्।

“मैले त्यो विगत खोल्नुपर्‍यो—जुन आज मेरो जीवनसँग सम्बन्धित छैन,” एलिनाले लेखेकी छिन्, “न त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थियो, न कुनै बदला लिने सोच।”

गायिका चौहानले आफू कुनै व्यक्तिगत व्यक्तिसँग होइन, त्यस मानसिकतासँग लडिरहेकी बताएकी छिन्—जसले महिलाको आवाज दबाउने, पीडितलाई नै दोषी देखाउने, र सत्य बोल्ने नारीमाथि प्रश्न उठाउने प्रवृत्ति बोकेको छ।

उनले देशको पुरुषप्रधान सोचप्रति प्रश्न उठाउँदै भनिन्,

“यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।”

गायिकाले अब आफू चुप नबस्ने बताउँदै कानुनी, सामाजिक र नैतिक सबै माध्यमबाट न्यायको लागि अगाडि बढ्ने घोषणा गरेकी छिन्।

“अब यो केवल मेरो न्यायको लडाइँ होइन,

यो हरेक नेपाली चेलीको आवाज हो।”

एलिनाको यो भनाइ सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको छ। धेरैले उनलाई समर्थन जनाइरहेका छन् भने केहीले फेरि प्रश्न पनि उठाइरहेका छन्—‘किन अहिले?’, ‘किन फेरि?’

तर एलिनाको उत्तर स्पष्ट छ—

“किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।”

एलिना चौहानको स्पष्ट भनाइ: “अब म चुप लाग्दिन”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै