साढे ९ सय मेनपावर कम्पनीले ३ लाख ६० हजार श्रमिक विदेश पठाए – Sagarmathapana:: Online News Portal

साढे ९ सय मेनपावर कम्पनीले ३ लाख ६० हजार श्रमिक विदेश पठाए

   २०८२ श्रावण २ गते  

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ५९ कम्पनीबाट ३ लाख २५ हजार १९९ जना पुरुष र ३४ हजार  ४९७  महिला विदेश गएका हुन् ।

मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने महिलाको हिस्सा १० प्रतिशतभन्दा पनि कम रहेको छ ।

वैदेशिक रोजगारीमा धेरै पठाउनेमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि. शीर्ष स्थानमा देखिएको छ ।  नीलकमल ह्युमन रिसोर्सले ८ हजार ६७३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।

यस्तै दोस्रोमा प्याराडाइज इन्टरनेशनलले ८ हजार ६०८ जना,  तेस्रो स्थानमा रहेको एसओएस म्यानपावरले पनि ७ हजार ८५४ जना पठाएको छ ।

चौथो स्थानदेखि भने संख्यामा ठूलो गिरावट देखिन्छ । लिंक इन्टरनेशनलले करिब ५ हजार कामदार पठाउँदा त्यसपछिका कम्पनीहरूले ३ देखि ४ हजारको बीचमा कामदार पठाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै